दफा १८
प्रमाणपत्र रद्द हुने
(१) देहायको अवस्थामा नोटरी पब्लिकको प्रमाणपत्र रद्द हुनेछ :-
(क) निजले दफा १३ को खण्ड (ग) र (घ) मा उल्लिखित अपराधमा अदालतबाट कसुरदार ठहरिई सजायँ पाएमा,
(ख) निजको मृत्यु भएमा,
(ग) निजको मानसिक सन्तुलन ठीक नभएमा,
(घ) निजले प्रमाणपत्र नवीकरण नगराएमा,
(ङ) निजको कानून व्यवसायको प्रमाणपत्र रद्द भएमा वा निजको नाम कानून व्यवसायीको दर्ताबाट हटाइएमा,वा
(च) निजले स्वेच्छाले प्रमाणपत्र रद्द गर्न परिषद् समक्ष निवेदन दिएमा ।
(२) कुनै नोटरी पब्लिकले पदीय दुराचरण गरेमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम गरेमा परिषद्ले निजले पाएको प्रमाणपत्र रद्द गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रमाणपत्र रद्द गर्नु अघि परिषद्ले सम्बन्धित नोटरी पब्लिकलाई स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको समय दिनु पर्नेछ ।
(४) यस दफा बमोजिम प्रमाणपत्र रद्द भएमा परिषदले सो को जानकारी सम्बन्धित जिल्ला अदालत र बार एशोसिएसनलाई तुरुन्त दिनु पर्नेछ ।